नवलको ‘काँडेतार’मा गौरव पहारी

नवलको ‘काँडेतार’मा गौरव पहारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवल खड्काको निर्देशन रहने सिनेमा ‘काँडेतार’मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । मंगलबार निर्माण टिमसँग अभिनेता पहारीले औपचारिक सम्झौता गरेका हुन् ।

निर्देशक खड्काकै लगानी रहने सिनेमामा रविन्द्र रञ्जन झा, सञ्जय खतिवडा, केशव रायमाझी, रोमियन लिम्बूलगायतको पनि अभिनय रहने छ । सिनेमा निर्देशनमा नवललाई शंकर कार्कीले सगाउनेछन् ।

नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुन लागेको सिनेमाको छायांकन आगामी तिहारपछि हुनेछ ।