धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको सिनेमा ‘म त मर्छु कि क्या हो’ भदौ ११ गते शुक्रबारबाट ओटीटी प्लेटफर्ममा प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण सिनेमाहलहरु बन्द रहँदा आजबाट सिनेमा ओहो मुभिज एपमार्फत प्रदर्शनमा आएको हो।

यो सिनेमालाई धुर्मुस-सुन्तलीको कमब्याक भनिएको छ । धुर्मुस–सुन्तलीको जोडीले लेखन तथा निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)सँगै बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल (चम्सुरी), बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशिला थापालगायतको अभिनय छ ।

सुदिप बरालले छायांकन गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।