‘लाइफ इन एलए’को फर्स्ट लुक्स सार्वजनिक

‘लाइफ इन एलए’को फर्स्ट लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुर्य श्रेष्ठ निर्देशित सिनेमा ‘लाइफ इन एलए’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक एक पोस्टरमा नव-अभिनेता ब्यास बासु र अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ । भने अर्का पोस्टरमा ब्यास र अभिनेत्री अकेशा विष्टलाई देख्न सकिन्छ ।

निर्माण टिमले सोमबार सिनेमाको पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक गर्दैछ । अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमामा ब्यास, शिल्पा, र अकेशासँगै गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सिनेमामा अभिनेता ब्यास बासुकै लगानी रहेको छ ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ । कोरोना महामारीको स्थिति सामान्य रहे निर्माण टिम आगामी दशैंको आसपार सिनेमा रिलिज गर्न योजनामा छ ।