टेलिफिल्म अवार्डमा शाहलाई दीर्घ साधाना सम्मान, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार

टेलिफिल्म अवार्डमा शाहलाई दीर्घ साधाना सम्मान, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को अवसरमा नीर शाहलाई दिर्घ साधना सम्मान र पत्रकार विष्णु प्रसाद सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

२०४१ सालमा नेपालकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको स्थापनाका लागि शाहले महत्वपूर्ण भूमिका निभाएका थिए । त्यस्तै ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत पत्रकार सुबेदी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । दुवैले आ-आफ्नो क्षेत्रमा अहम् भुमिकाको उच्च मुल्याङ्कन गर्दै उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अतिथि थिए ।कार्यक्रमका विभिन्न विधामा टेलि चलचित्रहरुलाई उत्कृष्ठताको अवार्ड समेत प्रदान गरिएको थियो ।