ट्रेण्डिङ्गमा वर्षा र राजको ‘म यस्तो गीत गाउँछु’ (भिडियो)

ट्रेण्डिङ्गमा वर्षा र राजको ‘म यस्तो गीत गाउँछु’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटवाल फिचर्ड ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । गीत हेर्नुस् :

अभिनेता कटवालले वर्षासँग काम गर्दा रमाइलो भएको बताए । ‘मन मिलेको मान्छेहरुसँग काम गर्दा रमाइलो भयो । तर चितवनमा गर्मी हुँदा अलि गाह्रो पनि भयो’ उनले भने ।

त्यस्तै, अभिनेत्री वर्षाले पनि काम गर्दा सहज भएको बताउँदै भनिन्, ‘प्रोफेसनल लेवलमा जस्तो क्यामराको अगाडी जाने, सट दिने फर्किने र बस्ने चै भएन । पारिवारीक माहोलमा काम गर्यौ । त्यसैले काम गरेको जस्तो महसुस भएन ।’ वर्षा र राजको जोडीलाई दर्शनले रुचाएका छन् । उनीहरुले दर्शकले जोडीलाई मन पराउनु भएकोमा आभार व्यक्त गरे ।

सुगम पोखरेल र सुष्मा विश्वकर्माको स्वर रहेको गीतमा सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत छ । सौरभ लामाले छायांकन गरेको म्युजिक भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । यो समाचार तयार पार्दा गीत युट्युबको ट्रेण्डिङ्ग २७ मा छ । गीतको भिडियोले ५ हजार भन्दा बढि लाइक पाएको छ भने १७९ डिसलाइक पाएको छ ।