सिनेमा ‘लाइफ इन एलए’को गीत रिलिज (भिडीयो)

सिनेमा ‘लाइफ इन एलए’को गीत रिलिज (भिडीयो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा ‘लाइफ इन एलए’को गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक गरिएको हो ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतको भिडीयोमा त्रिकोणत्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा डेव्यु अभिनेता ब्यास बिस्सु, अकेशा बिष्ट र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।

एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ । सिनेमामा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार  सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

 

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ । कोरोना महामारीको स्थिति सामान्य रहे निर्माण टिम आगामी दशैंको आसपार सिनेमा रिलिज गर्न योजनामा छ ।