मनोज पण्डितको ‘एक’को ट्रेलर सार्वजनिक

मनोज पण्डितको ‘एक’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मनोज पण्डितको निर्देशनमा बनेको सिनेमा ’एक’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा द्धन्द्ध, आक्रोश र बदलाको भाव देखिन्छ ।

राजनीतिमा हुने विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको कथामा आधारित सिनेमामा मधेसको मुद्दामा केन्द्रित छ । सिनेमामा प्रमोद अग्रहरि, मनोज अधिकारी, विशाल पोखरेल र ज्योत्सना योगीलगायत कलाकारको अभिनय छ ।

स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको सिनेमाको छायांकन मधेशी भूगोलदेखि हिमाली भेगको डोल्पासम्म गरिएको छ । कोरोना भाइरसको कारण यो सिनेमा आगामी दशैंको घटस्थापना (असोज २१ गते) ओटीटी प्लेटफर्मममा रिलिज हुनेछ । ट्रेलर हेर्नुस् :