सिनेमा हल खुल्ने, प्रदीप उद्धय भन्छन्- सरकारको निर्णय स्वागत योग्य

सिनेमा हल खुल्ने, प्रदीप उद्धय भन्छन्- सरकारको निर्णय स्वागत योग्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि सिनेमा हलहरु बन्द भएका छन् । अन्य सबै क्षेत्र खुलिसक्दा पनि सिनेमा हल सञ्चालनमा आउन सकेको थिएन् । अब, काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलिदेखि कोभिड १९ मापदण्ड अपनाउँदै  खुलाउन अनुमति दिने निर्णय आज बसेको सीडीओको बैंठक गरेको हो ।

यसै विषयमा बोल्दै चलचित्र सघंका निवर्तमान अध्यक्ष तथा निर्माता प्रदीप उद्धयले सरकारको निर्णय स्वागत योग्य भएको बताएका छन् । साथै उनले लकडाउन अवधिभरको ट्याक्स फ्री र बिजुली महसूलमा भारी मात्रामा छुट गराउन सरकारसँग अनुरोध पनि गरेका छन् । कोरोनापछि सबै भन्दा बढि मारमा परेको क्षेत्र हाम्रो हो । त्यसकारण सरकारले केहि राहतका राम्रा प्याकेजहरु ल्याइदियोस् भने हामी चाहन्छौं ।