सिनेमा हलहरु त खुल्ने भयो तर देखाउने के : दीपेन्द्र के. खनाल

सिनेमा हलहरु त खुल्ने भयो तर देखाउने के : दीपेन्द्र के. खनाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जिल्ला प्रशासन कार्यालयले भोलिदेखि उपत्यकाका सिनेमा हलहरु खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासनले हल खुलाउने निर्णय गरेसँगै सिनेवृतबाट विभिन्न प्रतिक्रिया आउन सुरु भएको छ । यस्तैमा ‘पशुपति प्रसाद’ तथा ‘आमा’का निर्देशक दीपेन्द्र के. खनालले हलमा के देखाउने भन्ने प्रश्न गरेका छन् ।

‘सिनेमा हलहरु त खुल्ने भयो तर देखाउने चै के ? सरोकारवाला सबै एक जुट भएर चलचित्र क्षेत्र चलायमान बनाउन लागिपर्ने की’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यो स्टाटस रिलिजका लागि सिनेमा नभएको वर्तमान अवस्थालाई इंगित गर्दै लेखेका हुन् । केहि समय यता हल खोल्न पाउनु पर्ने माग गर्दै आइएको थियो । तर, वर्तमान अवस्थामा कुनै पनि नेपाली निर्माता सिनेमा रिलिजका लागि मनोवैज्ञानिक रुपमा तयार देखिएका छैनन् ।

करिब ७ महिना अगाडी कोरोनाको सुरक्षा मापदण्ड अपनाउँदै केहि नयाँ पूराना सिनेमा प्रदर्शन गरिएको थियो । तर, दर्शकलाई हलसम्म तान्न सकेनन्।

यस पटक खोलिएको लकडाउनमा पनि पहिले जस्तै हुने ठानिएको छ । यध्यपी तीज, दशैं, तिहार तथा छठ जस्ता चाडपर्व आइरहेकाले ठूला ब्यानरले सिनेमा रिलिज गरेको खण्डमा नेपाली सिने बजारले गति लिने आंकलन गर्न सकिन्छ । तर, निर्देशक खनालले व्यक्त गरेको चिन्ता झैं ठूला ब्यानरको सिनेमा रिलिज हुने सम्भावना कम छ ।