साढे दुई करोडमा वर्षाले खरिद गरिन् अपार्टमेन्ट

साढे दुई करोडमा वर्षाले खरिद गरिन् अपार्टमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटीले ललितपुर हात्तीवनस्थित सिटी स्केपमा २ करोड ५० लाख मूल्य तिरेर अपार्टमेन्ट खरिद गरेकी छन् ।

गतसाता खरिद गरेको उक्त अपार्टमेन्टमा उनी आज बुधबार पूजापाठ गरेर सारेकी छन् । अहिले भक्तपुर कौशलटारमा बस्दै आएकी वर्षा आजदेखि आमासँग उक्त अपार्टमेन्टमा बस्नेछिन् ।

‘मिशन पूरा भयो । मैले आफ्नो सपनाको घर किने’ उनले इन्स्टाग्राममा लेखेकी छन् । वर्षा अभिनित सिनेमा ‘लक्का जवान, परदेशी २, मनसँग मन र ए साथी सुन’ प्रदर्शनको पर्खाइमा छ ।