‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन

‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।  हृदयघातका कारण उनको ४० वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने छ । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।

केहि दिन अगाडी सिद्धार्थ डासिंग रियालिटी शो ‘डान्स दीवाने ३’ र ‘बिग बोस ओटीटी’मा देखिएका थिए ।