मोडल निशा घिमिरेको अन्त्येष्टि

मोडल निशा घिमिरेको अन्त्येष्टि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको आज बिहान पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । निशालाई केही कलाकर्मी र उनकोे परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नर्भिक अस्पतालमा उपचाररत् निशाको बुधबार साँझ ६:५१ बजे निधन भएको थियो । ३ वर्ष अगाडि भारतमा अध्ययनका लागि पुगेकी उनी कार दुर्घटनामा परेकी थिइन् ।

भारतमा केही समय उपचार गराएर उनको परिवारले उनलाई नेपाल ल्याएको थियो । लामो समयदेखि घरमै अचेत अवस्थामा रहेकी उनलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निःशुल्क उपचार थालेको थियो ।

पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो । बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बन्दै गएको थियो । उनले केही सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

तस्बिर : उमेश कार्की (अन्जान)