पोखरामा ‘सत्यम’को छायांकन सेट निर्माण हुँदै

पोखरामा ‘सत्यम’को छायांकन सेट निर्माण हुँदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘सत्यम’को छायांकन सेट निर्माण हुँदैछ । छायांकन सेटबाट केहि तस्बिर सार्वजनिक भएको छ । माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने सिनेमाको लागि पोखरामा सेट तयार पारिएको हो ।

सिनेमाका निर्माता रेशम सापकोटाले यो सेट अहिलेसम्मकै ठुलो हुनसक्ने बताए । ‘हामीले छायांकन गर्ने सेट सम्भवत नेपाली सिनेमा इतिहासकै ठुलो सेट हुनसक्छ । आजसम्म मैले यति ठुलो सेटमा छायांकन भएको जानेको छैन । हामीले सिनेमाको गुणस्तरियताको लागि कुनै कसर बाँकी राख्नेछैनौं’, उनले बताए । सापकोटाका अनुसार यो सेट झण्डै एक सय मिटर लम्बाई तथा पचास मिटर चौडाईको रहेको छ ।

शंकर कार्कीले निर्देशन गर्न लागेको सिनेमामा राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, अभय बराललगायतको प्रमुख भूमिकामा अभिनय रहनेछ । सिनेमाका लागि दुई अभिनेत्री फाइनल हुने चरणमा छन् । सिनेमामा हमालले सत्यमको भूमिका निर्वाह गर्दा अनुप खलपात्रमा देखिँदैछन् । निर्देशक कार्कीका अनुसार सेटमा हेलिकोप्टर दुर्घटनाको दृश्यदेखी ठुला भवनहरुको समेत दृश्यहरु छायांकन हुनेछन् ।

अभिनेता हमालले समेत यो सेटको निरिक्षण गरिसकेका छन् । दशैं लगत्तै वर्कशप र तिहार पछि छायांकनमा जाने तयारी सहित काम भईरहेको निर्माण पक्षले जनाएको छ ।

सिनेमाका लागि मध्यम चरित्रमा अभिनय गर्ने कलाकारका लागि लिइएको अडिसनमा काठमाडौंबाट बालकलाकारहरु प्रिन्स प्रसिद्धसिं थापा, नेरिस्का स्थापित र सूजन परियार, महिला कलाकाहरु अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् भने पुरुष कलाकारहरु प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाईली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर र मोख्तर खान छानिएका छन् ।

पोखराबाट अर्जुनसिं बोहरा, निश्चल विक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, इश्वर के.सी., वरदान लोहनी, रिजेश थापा लगायतका छानिएका छन् ।
सिनेमामा निर्माता रेशमकै लेखन, गणेश पौडेलको एशोसिएट निर्माण, रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी सहायक निर्माता छन् । सिनेमामा विदुर पाण्डे ‘नविन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।