‘जार’को पोस्टरमा गिताञ्जलीसँगै सौगात र अनुप

‘जार’को पोस्टरमा गिताञ्जलीसँगै सौगात र अनुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फुर्वा छिरिङ लामाको निर्देशन रहेको सिनेमा ‘जार’को फर्स्ट लुक सार्वजनिक भएको छ । सिनेमाको फर्सट लुकमा अभिनेत्री गिताञ्जली थापाको साथमा अभिनेताद्धय सौगात मल्ल र अनुपविक्रम शाहीलाई देख्न सकिन्छ ।

सिनेमाको केन्द्रिय द्धन्द्ध नै महिला पात्र रहेको बताइएको छ । सिक्किममा छायांकन गरिएको सिनेमाले १८ सयकोे दशककोे अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक वास्तविक घटनालाई प्रस्तुत गरेको छ । यो सिनेमाको कथा इन्द्र बहादुर राइले लेखेका हुन् ।

निर्माणपक्षले केही समयपछि सिनेमाको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोेषणा गर्ने बताएको छ । फेर्री टेल पिक्चर्सले ‘होेप रिल एण्ड एलए सट्र्स’ को सहकार्यमा यो सिनेमा निर्माण गरेको हो ।

सिनेमा झुमा लिम्बु र गंगा थापाको संगीत, अखिलेश राइको सम्पादन छ । सिनेमाको सम्पादनदेखि सम्पूर्ण प्राविधिक काम भारतमा नै गरिएको हो ।