जन्मदिनको अवसरमा सुदर्शनले सुप्रियासँग गरे इन्गेजमेन्ट

जन्मदिनको अवसरमा सुदर्शनले सुप्रियासँग गरे इन्गेजमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जन्मदिनको अवसर पारेर निर्देशक सुदर्शन थापाले सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । परिवार र नजिकका आफन्तको उपस्थितिमा उनीहरु दुवैले औँठी साटासाट गरेका हुन् ।

प्रेम सम्बन्धमा रहेका सुदर्शन र सुप्रियाले विवाहको रूप दिन लागेका हुन् । उनीहरुको बिहे भने असोजको २२ गते हुनेछ । ‘मेरो एउटा साथी छ, प्रेम गीत, म यस्तो गीत गाँउछु, रामकहानी’ लगायत लगभग दर्जन भन्दा बढी सिनेमा निर्देशन गरेका सुदर्शन अभिनेता तथा निर्माता पनि हुन् । उनी लभ स्टोरी सिनेमाका लागि माग भएका निर्देशक हुन् ।

त्यस्तै, सुप्रिया केही वर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । हाल उनी एपी वान् टेलिभिजनमा समाचार वाचिका छिन् ।