‘द वायर’का अभिनेता माइकल के विलियम्सको निधन

‘द वायर’का अभिनेता माइकल के विलियम्सको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकन वेब सीरिज ‘द वायर’का अभिनेता माइकल के विलियम्सको निधन भएको छ । ५४ उमेरमा उनको निधन भएको हो । उनी न्यूयोर्कस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् ।

न्यूयोर्क पुलिसले करिब २ बजे उनको बडि रिकभर गरेको थियो । अहिले सम्म उनको मृत्युको कारण खलाइएको छैन । तर, एक रिपोर्टको अनुसार माइकलको निधन ड्रग्स ओभरडोजका कारण भएको हो । हालसम्म पुलिस विभागले यस खबरलाई पुष्टी गरेको छैन ।

एमी अवार्डको लागि नोमिनेट माइकल के विलियम्सको एचबीओको बालटीमोर बेस्ड वेब सीरीज ‘द वायर’को भुमिकाले परिचित छन् ।