anmol jasita

‘लप्पन छप्पन २’ छिट्टै रिलिज गर्छौ – प्रकाश कुँवर

‘लप्पन छप्पन २’ छिट्टै रिलिज गर्छौ – प्रकाश कुँवर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना भाइरसको दोस्रो लहरबाट बिस्तारै जीवनयापन सामान्य हुँदै गर्दा केहि दिन अगाडी मात्र हल खोल्ने अनुमति नेपाल सरकारबाट दिएपनि सिनेमानगरी उत्साहित हुन् सकेको छैनन् । हल खोल्ने अनुमति पाएता पनि सिनेमा नहुँदा संचालन हुन् सकेको छैन । रिलिजका लागि तयार सिनेमाहरुसंग आपसी कुरा नमिल्दा निर्माताहरु अगाडी आउन सकेका छैन । ‘लप्पन छप्पन २ , प्रेम गीत ३, म यस्तो गीत गाउँछु २’ प्रदर्शनका लागि तयार छन् । ‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको लागि डेट तय गरेर प्रचारप्रसार गरिसकेको भएता पनि कोरोना भाइरसको कारण रिलिज हुन् सकेको छैन ।

‘लप्पन छप्पन २’ ले कोरोना भाइरसको पहिलोलहर सकिएपछि रिलिजको तयारी गरेको थियो । तर, दोस्रो लहरको कारण त्यो पनि सर्यो । ‘यतिबेला हामी रिलिज गर्ने विषयमा छलफलमै छौँ तर निर्णय लिएका छैनौ’ सिनेमाका निर्माता मध्येका एक प्रकाश कुँवरले बताए । उनले अघिल्लोसमयमा पटकपटक रिलिज डेट हेरफेर भएकाले अब सबैसंग सल्लाह गरेर मात्र रिलिज घोषणा गर्ने बताए ।

‘हामीले प्रचारप्रसार गरेर पनि फिल्म सार्नु पर्यो किनकी कोरोना भाइरसले महामारीको रुप लियो, त्यसैले अब वितरक र प्रदर्शकसंग छलफल गरेर लिने निर्णय अन्तिम हुनेछ’ उनले भने । नेपाली सिनेमाको स्तरोनत्ती होस् भन्ने उद्देश्यका साथ आफ्नो टीम सिनेमा निर्माणमा आएको उनले जनाए । ‘हाम्रो सिनेमाको बजेट बढी छ, झन् कोरोना भाइरसको कारणले यसलाई धेरै बढाएको छ’ निर्माता कुँवर भन्छन् ,’हामी राम्रो सिनेमा दर्शकसामु ल्याउन तत्पर छौँ ।’ उनले वितरक र प्रदर्शकले साथ दिए आफू र आफ्नो टीम सिनेमा रिलिजको लागि तयार रहेको बताए ।

उनी आफ्नो टीम सहित यतिबेला ‘एक्स नाइन’ को प्रि– प्रोडक्सनमा व्यस्त छन् । सिनेमालाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् भने लप्पन छप्पन सिरिजका निर्देशक पनि भट्टनै हुन् । पैसा, सत्ता र शक्तिको चलखेलका विषयबस्तु समेटिएको सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहको छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत बन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । पटकथा र संवाद समेत निर्देशक भट्ट र सुनिल नेउरेको रहेको सिनेमामा पटकथा अमित शर्माको छ । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको सिनेमालाई नेपालीसँगै अन्य भाषामा पनि रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन्, भने सह–निर्मातामा राजीव तामाङ लगायत रहेका छन् । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा सिनेमा निर्माण भएको हो ।