लक्ष्मण सुवेदी निर्देशित लघु सिनेमा ‘गहना’ सार्वजनिक

लक्ष्मण सुवेदी निर्देशित लघु सिनेमा ‘गहना’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लघु सिनेमा ‘गहना’ सार्वजनिक भएको छ । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित सिनेमा युट्युब च्यानल एक्शन कट नेपालमार्फत सार्वजनिक गरिएको हो । पुरा सिनेमा हेर्नुस् :-

एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य विषय बनाइएको सिनेमामा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो सिनेमामा देखाइएको छ । पहिलो भागमा सस्पेन्स छोडिएको सिनेमाको तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिए । करिब ३२ मिनेट लामो सिनेमाको स्क्रिप्ट निर्देशक सुवेदीले आफैले तयार पारेका हुन् ।

अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको सिनेमाको मुख्य सहायक निर्देशक विनय पौडेल छन् । दिलासा कृएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो । विमल ढकालले खिचेको सिनेमालाई ललीतसिंह साउदले सम्पादन गरेको हुन् ।