‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने

‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ चैत्र २५ गते देखि प्रदर्शन हुने भएको छ । यो सिनेमा पहिला भदौ १८ गते प्रदर्शन हुने भनिएको थियो । कोरोना महामारीको कारण सिनेमाको रिलिज डेट सारिएको हो ।

निषेधाज्ञाभन्दा अगाडि सिनेमाको सम्पूर्ण छायांकन सकिसकेको छ । सुनिलकुमार थापाको निर्माण हेको सिनेमामा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भुमिका छ ।

सञ्जय लामाले खिचेको सिनेमालाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । सिनेमा बक्स अफिसमा सुपरहिट भएको थियो ।