‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त

‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गोविन्द गौतमको निर्देशनमा बन्ने सिनेमा ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङमा सिनेमाको एक समारोह बीच मुहर्त गरिएको हो । सिनेमाको कथा पनि निर्देशकले नै लेखेका हुन् ।

चेपाङ्ग समुदायको कथामा बन्न लागेको सिनेमाको दशैं तिहारपछि छायांकन सुरु हुनेछ । सरिता ढुंगाना निर्माता रहेको सिनेमामा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ सिनेमाका लागि अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन् ।

राम शरण कोइराला सिनेमाका एसोसियट निर्देशक हुन् । सिनेमामा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ ।