‘एक्स ९’मा नविनको प्रवेश

‘एक्स ९’मा नविनको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको सिनेमा  ‘एक्स ९’ मा , अर्का कलाकारको प्रवेश भएको छ । अभिनयमा अस्कार कलेजबाट ‘पास आउट’ भएका नविन लम्साललाई निर्देशक भट्टले सिनेमामा अनुबन्ध गरेका हुन् । सिनेमा ‘राहदानी’ बाट अभिनय करिअर सुरु गरेका उनको दोस्रो सिनेमा ‘कारखाना’ थियो ।

उनी अभिनीत नयाँ सिनेमा ‘चिसो स्ट्रे’ रिलिजको तयारीमा छ । ‘एक्स ९’ मा उनको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।अहिले सौगात, अनमोल, पुष्प र राजले एक्सन र जिम ट्रेनिङ गरिरहेका छन् ।चारै जनालाई पर्सनल ट्रेनर उपलब्ध गराइएको छ । निर्देशक भट्टका अनुसार, चार महिनासम्म ट्रेनिङ चल्नेछ र पौषदेखि छायांकन सुरु हुनेछ ।

क्यानडा, यूरोप र नेपालमा खिचिने सिनेमा को कथा निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमामा  राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता  रहेका  छन् ।