anmol jasita

कलाकारहरुलाई सरकारको पदक

कलाकारहरुलाई सरकारको पदक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – संविधान दिवसको अवसर पारेर सरकारले सिनेमा तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभूषित गर्ने घोषणा गरेको छ । आइतबार सरकारले पदक पाउने कलाकारका साथै अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको नाम सार्वजनिक गरिएको हो । सार्वजनिक गरेको सूचीमा गौरी मल्लदेखि अनमोल केसीसम्म रहेका छन् ।

सरकारले स्वर्गिय स्वर सम्राट नारायण गोपाललाई यसवर्षको ‘महाउज्जवल राष्ट्रदीप’ बाट सम्मान गर्ने निर्णय गरेको छ । साथै संगीतकार शम्भुजित बास्कोटा ‘कीर्तिमय राष्ट्रदीप’ बाट विभुषित हुने भएका छन् ।

गायक भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल र स्वर्गीय गायिका रानुदेवी अधिकारीलाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ । विभुषित हुने कलाकारहरुमा लोकदोहोरी गायक चन्द्र प्रकाश शर्मा, कुलेन्द्र विश्वकर्मा, गायिका विष्णु माझी, कस्तुप पन्त रहेका छन् ।

सिनेमा क्षेत्रबाट भने दीपाश्री निरौला, गौरी मल्ल, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी,  नवल खड्का र प्रकाश घिमिरे पनि विभूषित हुने भएका छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता अनमोल केसीलाई जनसेवाश्रीबाट विभूषित हुने भएको छ । त्यसैगरी गायक हेमन्त शर्मा र प्रकाश सपूतले पनि जनसेवाश्री पुरस्कार पाउने भएका छन् ।

हाँस्य कलाकार कमल गाउँले र श्यामसुन्दर रिजाल, निर्देशक मिलन चाम्स, गायिका राधिका हमाल, निर्माता राजकुमार राई, तेरिया फौजा मगर र अमेरिकन नेपाली लोक गायिका अन्ना पनि जनसेवाश्री पदक पाउने सूचीमा छन् ।