बलिउड सिनेमा बनाउँदै नेपालकी पुनम

बलिउड सिनेमा बनाउँदै नेपालकी पुनम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी पुनम यादवले ठूलो बजेटमा बलिउड सिनेमा बनाउन लागेकी छन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड सिनेमाको घोषणा गर्ने तयारीमा छिन् । अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन् ।

आफूले बनाउन लागेको पहिलो बलिउड सिनेमामा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमले बताइन् । उनी बलिउडसँगै नेपाली सिनेमा निर्माणको तयारीमा समेत रहेकी छन् । उनको पहिलो नेपाली सिनेमालाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर सिनेमा निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् । साथै उनी एक सफल ‘विजनेश वुमन’ पनि हुन् ।