anmol jasita

दशैंमा सविन र छुल्ठिमको ‘धन्दागिरी’ (टीजर)

दशैंमा सविन र छुल्ठिमको ‘धन्दागिरी’ (टीजर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘धन्दागिरी’ को टीजर सार्वजनिक भएको छ । दशैंको अवसर पारेर असोज २५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको टीजर सार्वजनिक गरेको हो । टीजरमा एक्सनलाई विशेष स्थान दिइएको छ । टीजर हेर्नुस् :

नरेन्द्र भट्टराईको कथा र निर्देशन रहेको सिनेमामा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व. दीपक क्षेत्री, स्व. बिएस राणा लगायतको अभिनय छ । सिनेमामा कवि भक्त क्षेत्रीको लगानी रहेको छ ।

आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।