सुटिङ सेटमै कलाकार रमेश केसीको निधन

सुटिङ सेटमै कलाकार रमेश केसीको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हाँस्य कलाकार रमेश केसीको ६९ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ९ बजे गीत छायांकन सेटमा उनको निधन भएको हो ।

‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकन सेटमा रमेश आफ्नो मोटरसाइकल लिएर पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि उनी बेहोस भए । बेहोस भएपछि उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । तर, अस्पताल पुर्याइए लगतै उनलाई मृत घोषित गरियो । कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ ।

उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका सिनेमामा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।