anmol jasita

‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै’ सार्वजनिक

‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेत निर्देशित सिनेमा ‘डाँडाको वरपीपल’को ‘काटि दिउंला जुङ्गा जम्मै’ बोलको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरेको हो । गीत हेर्नुहोस् :

सार्वजनिक गीतमा स्वर्गिय खेमराज गुरूङ र रिमा गुरूङ हाडाको स्वर, उमंग लामा र केशव चौलागाइको शब्द, उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्ज छ । गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने, राजीवजंग बस्नेत, प्रभात, अस्मिता जुरेली, प्रदिप गिरी, अप्सना थापा लगायत फिचर्ड छन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरी, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको सिनेमामा कथा तथा निर्माण नवराज गिरीको रहेको छ । सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् । सिनेमा असोज २६ गते फुलपातीको दिन सिनेमा हल र ओटीटीमा एकसाथ रिलिज हुने भनिएको छ ।

तस्बिर : ज्ञानु राई