प्रियंका र आयुष्मानलाई पुत्री लाभ

प्रियंका र आयुष्मानलाई पुत्री लाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । पुत्री लाभ भएको प्रियंका स्वयमले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् ।

बुधबार सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै प्रियंकाले लेखेकी छन्, ‘हाम्री सानी परीलाई संसारमा स्वागत छ ।’ साथै प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् ।

प्रियंका र आयुष्मानले डेढ वर्ष अगाडी बिहे गरेका थिए । पछिल्लो समय प्रियंका आफ्नै युट्युब च्यानलमा भ्लग बनाउँदै आइरहेकी छन् ।