anmol jasita

‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक (भिडियो)

‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सविन श्रेष्ठ अभिनित सिनेमा ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ । मिना निरौलाको स्वर रहेको ‘बारुली बारुली’ आइटम गीतमा सविता रेग्मीको नृत्य छ । नारायण नेपालको शब्द रहेको गीतमा सुर्य कमल राईको संगीत र संजय हमालको एरेन्ज रहेको छ । गीत हेर्नूहोस् :

नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको सिनेमा सविनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवाष गजुरेल, सुनिल कटुवाल, सबिता रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

दिनेश खड्का एसोसियट निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन् । कबि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ सिनेमाका निर्माता हुन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । यो सिनेमा दशैंको अवसर पारेर असोज २६ गते देखि प्रदर्शन हुँदैछ ।