‘राधा’को फर्स्टलुक पोस्टरमा सृष्टि

‘राधा’को फर्स्टलुक पोस्टरमा सृष्टि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्लको निर्माण रहेको सिनेमा ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टर नायिका सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।

सुर्वण थापाले निर्देशन गरेको सिनेमामा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइने छ ।

आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस सिनेमालाई सौगात र निर्देशक थापाले मिलेर निर्माण गरेका हुन् ।