टिजरमा रुपचन्द्र विष्टको जीवनीमा आधारित सिनेमा ‘रुदाने’

टिजरमा रुपचन्द्र विष्टको जीवनीमा आधारित सिनेमा ‘रुदाने’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्टको जीवनीमा आधारित सिनेमा ‘रुदानेः विद्रोहको नेपाली नाम’को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता दिव्य देवले भाषण गरिरहेको, भित्तामा ‘थाहा’ लेखेको, हतकडी लगाएको र प्रशिक्षण दिइरहेको देख्न सकिन्छ । टिजर हेनुहोस् :

अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशन रहेको सिनेमामा दिव्य देवसँगै नम्रता श्रेष्ठ, सुवास गजुरेल, रवि गिरी, अमर सुवेदी, सरोज अर्याल,प्रसुना डंगोललगायतका कलाकारको अभिनय छ । सिनेमामा पदम केशर कटुवाल, सहदेव प्रसाद सापकोटाको लगानी छ ।

शान्ता राओ इपिलीले छायांकन गरेको सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । सिनेमा सन् २०२२ को मध्य तिर रिलिज हुने निर्माण पक्षले जनाएको छ ।