‘संकटमा हल चलाउन विदेशी सिनेमा नै चाहियो’ : दीपकराज

‘संकटमा हल चलाउन विदेशी सिनेमा नै चाहियो’ : दीपकराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं उपत्यकामा करिब एक महिना अगाडी नै सिनेमा रिलिज गर्न अनुमति पाइसकेको छ । तर, कुनै निर्माता पनि सिनेमा रिलिज गर्न तयार छैनन् । यस्तै, नेपाल चलचित्र संघले असोज २१ गतेदेखि देशभरको सिनेमा हल खुलाउने निर्णय गरेको छ । नेपालीको महान् चार्ड दशैं नजिकिदा पनि सिनेमा रिलिजको टुंगो लागेको छैन ।

यता, कलाकार तथा निर्माता दीपकराज गिरीले नेपाली सिनेमा लगाउन विदेशी सिनेमा कुर्न पर्ने अवस्था उचित नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी सिनेमा नै चाहियो । कमसेकम दशैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथिहरुले त आँट गर्नु पर्ने थियो नि । सहज हुँदा एक आपसमा भिड्ने, अप्ठेरो बेलामा चाँहि…।’

कोरोना महामारी भन्दा अगाडीसम्म दशैंमा दीपराज र उनको टिमले सिनेमा रिलिज गर्दै आएका थिए । तर, कोरोना महामारी आएसँगै उनीहरुले कुनै सिनेमाको छायांकन गरेका छैनन् ।

अहिलेसम्म ‘डाँडाको वरपिपल’ र ‘धन्दागिरी’ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ । तर, पहिले नै रिलिज हुने भनिएका ठुला बजेटका सिनेमाहरुले रिलिज डेट तय गर्न सकेका छैनन् ।