कार्तिक १७ गतेदेखि ‘चोर र पुलिस’ प्रदर्शन हुने

कार्तिक १७ गतेदेखि ‘चोर र पुलिस’ प्रदर्शन हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आरएल मोक्तान निर्देशित सिनेमा ‘चोर र पुलिस’ को टिजर सार्वजनिक भएको छ । तिहारको अवसर पारेर कार्तिक १७ गतेलाई प्रदर्शन मिति तोक्दै सिनेमाको टिजर सार्वजनिक गरिएको हो ।

मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छ लगायतको विषयमा सिनेमा निर्माण गरेको निर्देशक आरएल बताए । कोरोनाका कारण ठप्प रहेको नेपाली सिनेमा उद्योगलाई ‘चोर र पुलिस’ ले थोरै भए पनि राहत दिन सक्ने विश्वास निर्देशक आरएलको छ । सिनेमामा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन)लगायत कलाकारहरुको अभिनय छ ।

आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर विष्ट सहनिर्माता रहेको सिनेमाको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् । रामेश्वर हुमागाईले खिचेको सिनेमाका गीतमा विकास चौधरीको संगीत छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको सिनेमामा राजु किराँतीको द्धन्द्ध निर्देशन छ ।