काठमाडौं आइपुगे अनुपम, बोमन र परिणिती

काठमाडौं आइपुगे अनुपम, बोमन र परिणिती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसन काठमाडौं आइपुगेका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने सिनेमा ‘उचाइ’को छायांकनको लागि उनीहरु काठमाडौं आएका हुन् ।

इन्डियन एयरलाइन्सको विमानबाट उनीहरु बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । अनुप खेरले काठमाडौं आइपुगेको जानकारी दिदै इन्स्टाग्राममा भिडियो सेयर गरेका छन् ।

अक्टोबर ५ मा काठमाडौंदेखि सुरु हुने सिनेमाको छायांकन लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुनेछ । सुटिङ र यात्रा गरेर फिल्म युनिट एक महीना नेपालमा रहने बताइएको छ ।

मित्रताको कथा प्रस्तुत गर्ने सिनेमामा नीना गुप्ताको पनि मुख्य भूमिका हुनेछ । यो सिनेमा अर्काे वर्षको मध्यमा रिलिज गर्न तयारी निर्माण टिम छ ।