मनोज पण्डितको ‘एक’ ओटीटी प्लेटर्फममा रिलिज

मनोज पण्डितको ‘एक’ ओटीटी प्लेटर्फममा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मनोज पण्डित निर्देशित सिनेमा ‘एक’ आज घटनास्थापनाको अवसर पारेर ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । सिनेमाघर, डिसहोम ५५५, नेट टिभी, भायो टिभी, म्याक्स टिभी र ओहो मुभिज लगायतका प्लेटफर्मबाट सिनेमा रिलिज भएको हो ।

राजनीतिक ड्रामामा केन्द्रित सिनेमाको मुख्य भूमिकामा विशाल पोखरेल छन् । साथै सिनेमामा प्रमोद अग्रहरी, मनोज अधिकारी, ज्योत्सना योगी लगायतका कलाकारहरुको भुमिका रहेको छ । मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस सिनेमाको कथा निर्देशक पण्डितले नै लेखेका हुन् ।

स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको सिनेमाको छायांकन मधेशी भूगोलदेखि हिमाली भेगको डोल्पासम्म गरिएको छ ।