anmol jasita

‘डाँडाको वरपीपल’को गीतमा सलोन र रुविना (भिडियो)

‘डाँडाको वरपीपल’को गीतमा सलोन र रुविना (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेत निर्देशित सिनेमा ‘डाँडाको वरपीपल’को ‘तिमी साथमा हुँदा’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा सलोन बस्नेत र रुविना थापालाई देख्न सकिन्छ । गीत हेर्नुहोस् :

सुगम पोखरेल र जीना रसाईलीको स्वर रहेको गीतमा नवराज गिरीको शब्द, एलिस कार्कीको संगीत छ । भने सैलेन्द्र एम प्रधानको एरेन्ज छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरी, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको सिनेमामा कथा तथा निर्माण नवराज गिरीको रहेको छ । सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् । यो सिनेमा असोज २६ गते फुलपातीदेखि सिनेमा हल र ओटीटीमा एकसाथ रिलिज हुँदैछ ।