‘एक्स नाइन’मा सुनिल शेठ्ठी ?

‘एक्स नाइन’मा सुनिल शेठ्ठी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको सिनेमा ‘एक्स नाइन’मा बलिउड अभिनेता सुनिल शेठ्ठीअनुबन्धित गर्नको लागि निर्माण टिमले भेटेका छन् । शुक्रबार सिनेमाका निर्देशक भट्ट र निर्माता विरेन कुँवरले मुम्बईमा शेठ्ठीसँग कुराकानी गरेका हुन् ।

उनीहरुको कुराकानीमा सुनिल शेठ्ठी सकारात्मक रहेको बताइएको छ । ‘हाम्रो सिनेमा ‘एक्स नाइन’ का लागि सुनिल शेठ्ठीसँँग राम्रो बैठक भयो । उहाँलाई मेरो अघिल्लो सिनेमा र उहाँलाई सुनाएको ‘एक्स नाइन’ को चरित्र एकदमै मन परेको छ’ निर्देशक भट्टले फेसबुकमा लेखेका छन् । सुनिल शेठ्ठीसँग मौखिक सहमति भइसकेको भएपनि कागजी सम्झौता हुन बाँकी छ ।

यस सिनेमामा अभिनेता सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का र राज कटुवाल, नविन लम्सालको पनि मुख्य भुमिका छ । सिनेमाको लागि उनीहरु एक्सन र जिम ट्रेनिङ गरिरहेका छन् । निर्देशक भट्टका अनुसार, चार महिनासम्म ट्रेनिङ चल्नेछ र पौषदेखि छायांकन सुरु हुनेछ ।

क्यानडा, यूरोप र नेपालमा खिचिने सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । विरेन्द्र बहादुर कुँँवर, मुकुन्द भट्ट, राजिव तामाङ, चन्द्र पन्त, विदुर घतानी र प्रदीप थापा निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा निर्मल कुमार मिश्र, विनय श्रेष्ठ, सालिनी पोड्डर छन् । सिनेमामा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।