‘सत्यम्’मा मलिका महत अनुबन्धित, पलसँग जोडी बाँधिने

‘सत्यम्’मा मलिका महत अनुबन्धित, पलसँग जोडी बाँधिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा मोडल मलिका महतले नयाँ सिनेमा साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने सिनेमा ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । सिनेमामा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ ।

पछिल्लो समय मलिका र पल म्यूजिक भिडियोमा एकसाथ देखिदै आएका छन् । म्युजिक भिडियोमा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । अब, यो जोडीले पहिलो पटक सिनेमामा एकसाथ काम गर्न लागेको हो ।

सिनेमा ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले दोस्रो सिनेमा ‘पानीफोटो’मा काम गरेकी सकेकी छन् । उनको दोस्रो सिनेमा प्रदर्शनमा आउन बाँकी छ । ‘सत्यम्’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनी काम गर्नका लागि तयार भएको मलिका बताउँछिन् । उनी पहिलो पटक सिनेमामा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् । यो सिनेमाबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको सिनेमामा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । यो सिनेमाबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यी सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै सिनेमाका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको सिनेमाका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुवाष भुर्तेल र कृष्ण अधिकारी छन् । सिनेमामा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह–संगीत, रेशम सापकोटा र विष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, सिनेमाको डिओपीमा विदुर पाण्डे ‘नबिन’ छन् ।

आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने सिनेमाको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । सिनेमाको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ ।