बिहिबारबाट डिस होममा रिलिज हुँदै ‘डाँडाको वरपीपल’

बिहिबारबाट डिस होममा रिलिज हुँदै ‘डाँडाको वरपीपल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेतको निर्देशन रहेको सिनेमा ‘डाँडाको वरपीपल’ बिहिबारबाट डिसहोममा रिलिज हुने भएको छ । यो सिनेमा बिहिबारबाट डिस होमको च्यानल नम्बर ८८८ मा रिलिज हुनेछ । सिनेमा लक्ष्मीपुजाको दिनबाट ओटीटीमा पनि आउँदैछ ।

असोज २६ गते फुलपातीबाट सिनेमा हलमा प्रदर्शन भएको सिनेमा ‘डाँडाको वरपीपल’ हलबाट हटिसकेको छ । सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरी, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको सिनेमामा कथा तथा निर्माण नवराज गिरीको रहेको छ । सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।