‘बाबरी’को पून: छायांकन सुरु

‘बाबरी’को पून: छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘बाबरी’को पून: छायांकन सुरु भएको छ । दोस्रो लकडाउनको कारण सिनेमाको छायांकन रोकिएको थियो । हाल सिनेमाको छायांकन काठमाडौंमा भइरहेको छ । भने तिहारपछि निर्माण टिम दार्जिलिङ्ग प्रस्थान गर्नेछ ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने सिनेमामा अदिती बुढाथोकी र धिरज मगर, धिरज टोट्लानीको मुख्य भुमिका रहनेछ । यो सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

बाबरी फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमामा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ । भने सुष्मा गुरुङ सह–निर्माता रहेकी छन् ।