बलिउड सिनेमा ‘उचाई’को नेपालमा हुने छायांकन सकियो

बलिउड सिनेमा ‘उचाई’को नेपालमा हुने छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज बर्जत्यको निर्देशनमा बनिरहेको बलिउड सिनेमा ‘उचाई’को नेपालमा हुने छायांकन सकिएको छ । नेपालमा यसको २५ दिन छायांकन गरिएको छ । दुई दिन काठमाडौंमा र बाँकी हिमाली भेगहरुमा सिनेमाको छायांकन गरिएको हो ।

नेपालमा छायांकन हुने द्वश्यको लागि सिनेमाका कलाकार अनुपम खेर, बोमन इरानी, परिणिति चोपडालगायतका कलाकार नेपाल आएका थिए । भने अभिनेता अमिताभ बच्चनको स्वास्थ्यको कारण सहभागी हुन सकेपछि उनको बडी डबल राखेर छायांकन गरिएको छ । सिनेमाको दोस्रो चरणको छायांकन भारतमा हुनेछ ।

निर्माण टिमका केहि सदस्य मनाङमै  छन् भने केहि शनिबार भारत फर्किएका छन् ।

मित्रताको कथा प्रस्तुत गर्ने सिनेमामा नीना गुप्ताको पनि मुख्य भूमिका हुनेछ । यो सिनेमा अर्काे वर्षको मध्यमा रिलिज गर्न तयारी निर्माण टिम छ ।