‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक

‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरर सिनेमा ‘कठपुतली’को मोशन पोस्टर सार्वजनिक भएको छ । ‘हलोविन’को अवसर पारेर मंगलबार निर्माण टिमले डरलाग्दो मोसन पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउन सफल छ । पृष्ठभुमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज पनि सुन्न सकिन्छ । गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको यो सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । यो सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका हुन् ।

निर्माण टिमले सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । सिनेमालाई पुस–माघसम्म प्रदर्शन गर्ने तयारी गरिएको निर्माता पृथ्वी राना मगरले बताए । सिनेमाको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर सिनेमाभन्दा भिन्न रहेको निर्देशक लामाले बताए । उनी आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् ।

पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको सिनेमा ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा पनि छानिएको छ । यसैक्रममा ’कठपुतली’का सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर सिनेमा अन्तर्गत ’बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ पनि जितेका छन् ।