‘म राजेश हमाल’को छायांकन सकियो

‘म राजेश हमाल’को छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाजको नाम सापटी लिएर निर्माण गरिएको सिनेमा ‘म राजेश हमाल’को छायांकन सकिएको छ । सिनेमाको छायांकन ५० दिनमा सकिएको हो ।

जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमाको सम्पूर्ण छायांकन धनगढीमा गरिएको छ । सिनेमामा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइलीको अभिनय रहेको छ भने अतिथि भूमिकामा अभिनेता आर्यन सिग्देल पनि रहेका छन् ।

यो सिनेमामा राजेश हमालबाट प्रभावित भएका फ्यानको कथालाई देखाइने छ । वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा निर्देशक योञ्जनकै कथा, योञ्जन र शायद कार्कीले मिलेर पटकथा तयार पारेका हुन् । आलोक शुक्लाले छायांकन गरेको सिनेमालाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् ।