‘सत्यम’मा राजेशकी प्रेमिका बन्दै नीलम

‘सत्यम’मा राजेशकी प्रेमिका बन्दै नीलम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालले करिब चार वर्षपछि कमब्याक गर्न लागेको सिनेमा ‘सत्यम’ मंसिरको दोस्रो हप्तादेखि छायांकनमा जाने तयारीमा छ । सिनेमामा हमालको जोडी रुपमा भिजे तथा मोडल नीलम चन्द अनुबन्धित भएकी छन् ।

सिनेमामा नीलम हमालकी प्रेमीकाको रुपमा देखिनेछिन् । त्यस्तै, हमालको श्रीमतीको भुमिका निरुता सिंहलाई अफर गरिएको छ । उनी सिनेमाको लागि सकारात्मक देखिएपनि फाइनल हुन बाँकी छ । नीलम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कल कान्तिपुर’की होस्ट हुन् । साथै उनले दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

शंकर कार्कीले निर्देशन गर्ने सिनेमामा राजेश र नीलमसँगै पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापति लगायतको अभिनय रहनेछ । रेशम सापकोटा निर्माता रहेको सिनेमामा रेशम गौतम, सुवाष भुर्ते, श्याम मल्ल र कृष्ण अधिकारी सह–निर्माता रहेका छन् ।