‘प्रकाश’ आउँदो वैशाखमा रिलिज हुने

‘प्रकाश’ आउँदो वैशाखमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशित ‘प्रकाश’को आउँदो वर्षको वैशाखमा रिलिज हुने भएको छ । निर्माण टिमले वैशाखमा रिलिज हुने बताएपनि रिलिज डेट तोकेका छैनन् ।

शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने सिनेमामा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भुमिका रहेको छ । यसै सिनेमाबाट रेनु योगी डेब्यू गर्दैछिन् । सिनेमामा प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् ।

यो सिनेमाको छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको सिनेमालाई जीवन थापाले सम्पादन गरेका छन् ।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।