पौष २ गतेबाट ‘चपली हाइट ३’ रिलिज हुने

पौष २ गतेबाट ‘चपली हाइट ३’ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको सिनेमा ‘चपली हाइट ३’ले रिलिज डेट घोषणा गरेको छ । यो सिनेमा पौष २ गतेबाट रिलिज हुनेछ ।

यो सिनेमाको रिलिज कोरोना महामारीको कारण रोकिएको थियो । निकेश खड्काले निर्देशन गरेको सिनेमामा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा अर्जुन कुमारको लगानी छ ।

सिनेमाको ट्रेलर छिट्टै सार्वजनिक गर्ने निर्माता अर्जुनले बताएका छन् । ‘चपली हाइट’का अघिल्ला २ सिरिजले बक्स अफिसमा सफल भएको थियो ।