‘कबड्डी ४’को ५० प्रतिशत छायांकन सकियो

‘कबड्डी ४’को ५० प्रतिशत छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– सिनेमा ‘कबड्डी ४ः द फाइनल म्याच’को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । सिनेमाको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् ।

निर्माण टिमले छायांकन स्थलबाट केहि तस्बिर सार्वजनिक गरेको छन् । सार्वजनिक तस्बिरमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल देख्न सकिन्छ । रामबाबु गुरुङले निर्देशन गरिरहेको सिनेमाको छायांकन आगामी १५ दिनमा सक्ने निर्माण टिमको योजना छ ।

‘कबड्डी’को अन्तिम सिरिज भनिएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही सिनेमाबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माता रहेको सिनेमामा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।