निर्माता राणा कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

निर्माता राणा कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा अभिनेता रोज राणा कांग्रेस महाधिवेशन प्रतिनिधि निरविरोध चयन भएका छन् । उनी प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिति चयन भएका हुन् ।

चलचित्र निर्माता संघका महासचिवसमेत रहेका राणा प्युठानका क्षेत्रीय सभापतिसमेत हुन् । उनी कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । त्यस्तै, निर्देशक सम्झना उप्रेती रौनियार (मधेशी कोटा) पनि प्रदेश सभा क्षेत्र नं. १ काठमाडौंबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् ।

निर्देशक तथा नेपाल सांस्कृति संघका सभापति तिर्थ थापा बेशिसहर लम्जुङबाट महाधिवेशन प्रतिनिधि र चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी प्रदेश प्रतिनिधिमा काठमाडौ जिल्ला क्षेत्र नं १ प्रदेश (क) बाट विजयी भएका छन् । हेटौंडा निवासी कलाकार सुशान्त कुमार श्रेष्ठ भने मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा (क) को सभापतिमा निर्विरोध चुनिएका छन् ।

कांग्रेसको चौधौं अधिवेशन नजिकिँएसँगै सिनेमाकर्मीहरुले आफ्नो उम्मेदवारी दिइरहेका छन् । केही विजयी भइसकेका छन् । सात तहको चरण पूरा भएपछि महाधिवेशनबाट केन्द्रीय नेतृत्व निर्वाचित हुनेछन् ।