‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किए नवीन सुब्बा

‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किए नवीन सुब्बा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ जस्ता सिनेमा निर्देशन गरेका निर्देशक नवीन सुब्बा दश वर्षपछि निर्देशनमा फर्किएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनको निर्देशनमा बन्न लागेको नयाँ सिनेमा ‘गाउँ आएको बाटो’को घोषणा गरिएको छ ।

एक दशकअघि उनले ‘गुडबाई काठमाडौं’ निर्देशन गरेपछि कुनै सिनेमा निर्देशन गरेका थिएनन् । उक्त सिनेमा विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरुमा छनोट भइ प्रदर्शन भएको थियो । सुब्बाको निर्देशनमा बन्ने सिनेमा ‘गाउँ आएको बाटो’मा महेश राई र नवीन सुब्बाको कथा रहेको छ । सिनेमामा राई समुदायको कथालाई प्रस्तुत गरिने बताइएको छ ।

आमोद राईको लगानीमा बन्न लागेको सिनेमामा दयाहाङ राई, पशुपति राई, पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहनेछ । केहि दिनपछि भोजपुरबाट छायांकन सुरु हुने सिनेमालाई अमेरिकी सिनेकर्मी मार्किन कापरोनले छायांकन गर्नेछन् ।