आर्यन, स्वस्तिमा र प्रियंका अभिनित ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज

आर्यन, स्वस्तिमा र प्रियंका अभिनित ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दुई वर्षअघि सिनेमा हलमा रिलिज भएको सिनेमा ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज भएको छ । सिनेमा हलमा फ्लप भएको सिनेमालाई युट्युबमा रिलिज भएको २० घन्टामा करिब ६ लाख पटक हेरिएको छ ।

सिनेमा हेरेर युट्युबमा प्रतिक्रिया दिने अधिकांश दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । केही दर्शकले नायक आर्यन सिग्देलको अभिनयको प्रशंसा पनि गरेका छन् । यो समाचार तयार पार्दासम्म सिनेमा युट्युबको नेपाल ट्रेन्डिङको चार नम्बरमा छ ।

सिनेमामा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको मुख्य भूमिका छ । यसै सिनेमाबाट कलाकार अखिलेश प्रधानले डेब्यु गरेका थिए । विशाल चाम्लिङको कथा तथा निर्माणमा तयार भएको सिनेमालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

सिनेमामा विकास र सामीप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ । सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादन छ । सिनेमाले दुई पुस्ताको प्रेम कथालाई उठान गरेको छ । सिनेमामा आर्यन, प्रियंका, स्वस्तिमा र अखिलेशकोे जोडीलाई हेर्न सकिन्छ । सिनेमाको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको थियो ।