सौगात र दिया अभिनित ‘मन्त्र’को फर्स्टलुक पोस्टरसहित रिलिज मिति घोषणा

सौगात र दिया अभिनित ‘मन्त्र’को फर्स्टलुक पोस्टरसहित रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौगात मल्ल र दिया पुन स्टारर सिनेमा ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण सिनेमा प्रदर्शनमा ढिलाई भएको हो।

सिनेमा आगामी माघ २८ गते बाट देशभर सार्वजनिक प्रदर्शनमा आउने भएको छ। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लिको ब्यानरमा बनेको सिनेमाका वितरक गोबिन्द शाही रहेका हुन् ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको सिनेमा एउटा अर्गानिक नेपाली सिनेमा बनेको निर्माण पक्षले बताएको छ। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ सिनेमाको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।

सार्बजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्दि तामाङ, दिया पुनलाई स्थान दिईएको छ । सिनेमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको सिनेमाका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

खिल बहादुर गुरुङ निर्देशित सिनेमाले हिमाली प्रेम कथा बोल्छ । यस सिनेमा मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । सिनेमामा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटियाले लेखेको सिनेमामा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । अब सिनेमाको प्रचार-प्रसारलाई तिब्र बनाउदै सिनेमामा समाबेश गीत तथा सिनेमाको ट्रेलर केहि दिनमा नै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ।